Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

बुटवलको कल सेन्टरबाट डेढ सय युवायुवती पक्राउ

बुटवल – ठगी गरेको आरोपमा प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा छापा मारेर ७ सञ्चालक सहित डेढ सय युवा युवतीलाई पक्रेको छ ।

जानकीनगरमा ३ वटा फ्ल्याट भाडामा लिई कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

विदेशी नागरिकको लगानीमा खोलिएको यस कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लील सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो ।

पक्राउ पर्ने युवा भने कार्यालयका कर्मचारी हुन् । उनीहरूले आफूहरू जब लिङ्क भन्ने संस्थामार्फत त्यहाँ काममा आएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma