पार्टीभित्र सबैलाई एकै ठाउँमा हिँडाउने प्रयास गरिरहेको छु : रामचन्द्र पौडेल
४ वर्ष अगाडि
83 Shares
काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताउनुभएको छ । उहाँले सबैलाई एकै ठाउँमा हिँडाउने प्रयासमा आफू रहेको बताउनुभयो ।
‘पार्टीभित्र सबैलाई एकै ठाउँमा हिँडाउने प्रयास गर्दै आएको छु,’ तनहुँमा आज आयोजित एक कार्यक्रममा पौडेलले भन्नुभयो, ‘राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र भन्ने हुँदैन।’
उहाँले आफूले विकास मिसनको राजनीति गरेको बताउनुभयो । देश विकासको मुख्य एजेन्डा लिएर आफूले राजनीति गर्दै आएको उहाँको भनाइ छ।
‘मेरो व्यक्तिगत कुनै स्वार्थ छैन। देश विकास नै मुख्य स्वार्थ हो,’ उहाँले भन्नुभयो, ‘राष्ट्रका लागि सधैंभर लागिरहन्छु।’
उहाँले राजनीतिमा प्रतिस्पर्धा हुने र कोसँग दृष्टिकोण छ त्यसलाई जनताले रोज्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया