काठमाडौं – सर्वोच्च अदालतले गाई चुनाव चिह्न कसैलाई नदिन निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
आइतबार न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र डा. कुमार चुडालको संयुक्त इजलासले गाई चुनाव चिह्न कुनै दललाई पनि प्रदान नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध राप्रपा नेपालले सर्वोच्चमा रिट दिएको थियो ।सर्वोच्चले यो विवाद चाँडै निरुपण गर्नुपर्ने देखिएको भन्दै म्याद थाम्न र सुनुवाइ स्थगित गर्न नपाउने गरी एक हप्ताभित्रै पूर्ण सुनुवाईमा पेश गर्न आदेश दिएको छ ।


प्रतिक्रिया