काठमाडौं – न्याय परिषद्को बैठकले २२४ जना जिल्ला न्यायाधीशहरूको सरुवा गरेको छ । मंगलबार(आज) बसेको परिषद्को बैठकले विभिन्न जिल्लामा तीन वर्षभन्दा लामो समय बसेका न्यायाधीशहरूको सरुवा गरेको हो ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बसेको परिषद्को बैठकले उनीहरूको सरुवा गरेको हो । त्यस्तै परिषद्ले जिल्ला न्यायाधीशका लागि आवेदन आव्हान गरेकोमा ६३ जनालाई प्रारम्भिक छनोट पनि गरेको छ ।
२०० जनाले दिएको आवेदनमा उनीहरूलाई छनोट गरिएको हो । त्यस्तै परिषद्ले उच्च अदालतका लागि २७ न्यायाधीशको आवेदन माग गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया