Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको उच्चस्तरीय भेटवार्ता आज

काठमाण्डाै – अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

तीन दिने भ्रमणका लागि हिजो काठामण्डौ आएका उहाँले आज उच्चस्तरीय भेटवार्ता गर्न लाग्नुभएको हो । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री लु भारत हुँदै काठमाण्डौ आउनु भएको हो ।

नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने निर्णय गरेको एक महिनापछि लु काठमाण्डाै आएकाले यो भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।

नेपालले गएको असार ६ गते एसपीपी अघि नबढ्ने निर्णय गरे पनि अहिलेसम्म अमेरिकालाई औपचारिक पत्राचार गरेको छैन । यसको चौतर्फी आलोचना भइरहेको छ ।

यसअघि गएको मंसिर १ देखि ४ गतेसम्म नेपालमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी सम्झौता अनुमोदन गराउन भूमिका खेल्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma