२३ साउन
नेपाली कांग्रेस शिवराज नगरसमीतीको वैठकले विभागहरु गठन गरेको छ । पार्टि कार्यालय चन्द्रौटामा वसेको नगर समिति वैठकले विभिन्न विभागहरु गठन गरेको हो । वैठकले प्रसाशन विभागको प्रमुखमा नगर सभापति मधुसुदन पोखरेल मुस्लीम विभाग प्रमखुमा उपसभापति क्ररम हुसेन,तरुण तथा भातृ संगठन विभागको प्रमुखमा राजु खराल , महिला विभाग प्रमुखमा ज्योती पुन , संगठन विभाग प्रमुखमा विष्णु पोखरेल , उधोग वाणिज्य विभागमा रामप्रसाद न्यापाने , किशान विभागमा प्रेम वहादुर वुढाथोकी र अनुगमन तथा मुल्याङकन विभाग प्रमुखमा शिव प्रसाद कुर्मीलाई जिम्मेवारी दिएको सभापति पोखरेलले वताउनुभयो । वैठकले पार्टिको भवन निर्माणको लागी हरिप्रसाद पोखरेलको संयोजकत्वमा जग्गा व्यस्थापन समिति समेत गठन गरेको छ ।


प्रतिक्रिया