Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

आगामी निर्वाचनमा उम्मेद्वार बन्नेहरूको सम्पति विवरण लिइने

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिँदा उम्मेदवारको सम्पत्ति विवरण लिने भएको छ । आज आयोगले पत्रकारहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारले अन्य आवश्यक कागजातका साथमा सम्पत्ति विवरण बुझाएपछि मात्रै उम्मेदवारी दर्ता हुने बताउनुभयो ।

प्रमुख आयुक्त थपलियाले उम्मेदवारी दर्ताकै क्रममा सम्पत्ति विवरण लिने, निर्वाचित भएपछि सो विवरण सार्वजनिक गर्ने र उम्मेदवारी दिएका ब्यक्ति निर्वाचित नभएमा सो विवरण सार्वजनिक नगरी नष्ट गर्नेबारे आयोगले सोचेको बताउनुभयो ।

यसका लागि आयोगले निर्वाचन कार्यविधि संशोधन गर्ने वा निर्वाचन आचार संहितामा उम्मेदवारी दिँदा सम्पत्ति विवरण पेश गर्नुपर्ने प्रावधान राख्ने तयारी गरेको छ । यसबारे राजनीतिक दलहरूसँग पनि छलफल भइरहेको आयोगको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma