Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

खिल्जी रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दरखाने कार्यक्रम वुटवलमा सम्पन्न

वुटवल २९ साउन खिल्जी रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दरखाने कार्यक्रम वुटवलमा सम्पन्न भएको छ । विभिन्न पेशा , रोजगार र अध्यननको लागी अर्घाखांचीको भुमिकास्थान नगरपालिका खिल्जीवाट वुटवलमा वसोवास गरेका खिल्जी वासीले तिजको सुभकामना आदानप्रदान एवंम दर खाने कार्यक्रम सम्पन्न गरेका हुन । कार्यक्रममा खिल्जी रुपन्देही सम्पर्क समाजका अध्यक्ष चुरामणी वन्जाडेले थप एकतावद्ध एवम संगठित भएर अगाडी वढनुपर्ने वताउनुभएको छ । अध्यक्ष वन्जाडेले चाड पर्वहरुले आपसी एकता सदभाव कायम गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने वताउनुभएको हो । उहांले जन्म स्थानमा गएर पर्व मनाउन नपाएपनि वुटवलमा आ आफनो स्थानमा खुशि भएर पर्व मनाउन आग्रह गर्नुभएको छ । यस्तै कार्यक्रममा समाजका पुर्व अध्यक्ष , विभिन्न संघ संस्थाका प्रतिनिधि र सहभागीहरु एक आपसमा खुशि साटदै कार्यक्रम सम्पन्न गरेका छन ।कार्यक्रममा करिव तीन सय दिदिवहिनीहरुको सहभागीता रहेको वताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma