Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाकाे ज्यान गयाे

दार्चुला – दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

गोकुलेश्वरबाट सदरमुकाम खलङ्गा जाँदै गरेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका ६ उल्लानीमा दुर्घटना भएको हो । मृतकमध्ये चार जना पुरुष र एक जना महिला रहेका छन् । उनीहरूको परिचय खुलेको छैन । घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको शैल्य शिखर नगरपालिकाका मेयर विजयसिंह धामीले उज्यालोलाई जानकारी दिनुभयो ।

जीप सडकबाट धेरै तल खसेको र कति जना मान्छे चढेका थिए भन्ने थाहा हुन नसकेको मेयर सिंहले बताउनुभयो । गम्भीर घाइते भेटिएमा उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको पनि उहाँले बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma