Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

गठबन्धनको सामना गर्न एमाले तयार : अध्यक्ष ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आउँदाे चुनावमा प्रतिस्पर्धा गर्न आफ्नाे पार्टी तयार रहेको बताउनुभएको छ ।

बिहीवार गृह जिल्ला झापा आइपुग्नुभएका उहाँले कचनकबलको बनियानीमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको सामना गर्न एमाले तयार रहेको बताउनुभएको हो । उहाँले एमाले कार्यकर्तालाई उच्च मनोबल र जितको मानसिकता बोकेर चुनावी अभियानमा लाग्न निर्देशन दिनुभयो ।

तीन दिन झापामै रहने

अध्यक्ष ओली आज दिउँसो गृह जिल्ला झापा आउनुभएको हो । उहाँ तीन दिन झापाका पार्टी कार्यक्रममा व्यस्त रहनुहुने बताइएको छ । तीन हप्ताअघि पनि उहाँ चार दिन झापाको पार्टी कार्यक्रममा सहभागी भएर काठमाण्डाै फर्किनुभएको थियो ।

उहाँको संसदीय क्षेत्रका प्रतिनिधि एवम् एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार कचनकबल, बिर्तामोड, गौरादह, दमक र इलामको चुलाचुलीमा आयोजना हुने कार्यक्रममा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma