Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ६० करोड नाघ्यो

काठमाडौं – विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६० करोड नाघेको छ।

पछिल्लो २४ घण्टामा ६ लाखभन्दा धेरै नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ६० करोड २ लाख नाघेको हो। यस्तै २४ घण्टामा एक हजार एक सय कोरोना सङ्क्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ६४ लाख ७० हजारभन्दा धेरै पुगेको छ।

५७ करोड ४२ लाख जनाले भने कोरोना जितेका छन्। पछिल्लो २४ घण्टामा मात्रै ७ लाख ३२ हजार सङ्क्रमित निको भएका छन्।

अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ९ करोड ५३ लाखमा कोरोना पुष्टि हुँदा ९ करोड ६ लाख निको भएका छन्। १० लाख ६५ हजारको भने मृत्यु भएको छ। नेपालमा कोरोनाको चौंथो लहर चलिरहेको छ। संक्रमण दर बढ्दै गए पनि परीक्षण गर्नेको संख्या भने घटेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma