Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने

काठमाडौं – दिवंगत काँग्रेस नेता प्रदीप गिरिको पार्थिव शरीर आइतबार बिहान ११ देखि २ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । शनिबार काँग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले शोक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएका हुन् ।

बिहान साढे ११ देखि दिउँसो २ बजेसम्म पार्टी कार्यालय सानेपामा राख्ने र पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जनाएको छ । कांग्रेसले विज्ञप्ति निकालेर  गिरिको निधनबाट स्तब्ध मर्माहत भएको जनाएको छ । उहाँले कांग्रेसको सङ्गठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पुर्याउनु भएको योगदान सधैँ स्मरणीय रहेने विज्ञप्तिमा भनिएको छ ।

गिरिको शनिबार राति ९ः ३६ मा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma