Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

बर्षभरिमै पर्दैन उजुरी मनभरि गुनासै गुनासाे, सुझाव पेटिका खाली

कपिलवस्तु- इलाका प्रशासन कार्यालय चन्द्राैटाले नागरिकता बनाउन आलटाल गरेकाे स्थानीयले गुनासो गरेकाे छन् । नागरिकता बनाउन आवश्यक काजगपत्र सहित प्रशासनमा फाइल पेश गर्दा महिनाैँ बितिसक्दा समेत नागरिकता नपाएको सेवाग्राहीकाे गुनासाे छ । सेवाग्राहीका अनुसार नागरिकता बनाउन कर्मचारीले नमानेपछि धेरै दिन धाउनुभन्दा कर्मचारीलाई पैसा दिएर छिटाे काम हुन्छ कि भनेर बुझाइन्छ तर फाइल हराएकाे छ भन्दै खाेज्न हप्ताैँ दिन लाग्ने गरेकाे स्थानीयकाे भनाइ छ । कर्मचारीले बाेलाएकाे समयमा आउँदा पनि यसरी आलटाल गरिरहँदा टाढा-टाढाबाट महिनाैँ दिनसम्म गाडी भाडा तिरेर प्रशासन धाइरहँदा सास्ती हुने गरेकाे स्थानीय खुसीलाल थारुले बताए ।

सेवाग्राही भन्छन् : “मनभरि गुनासै गुनासाे छ, सुझाव पेटिका खालि छ । प्रशासन कार्यालयमा राखिएको सुझाव पेटिकामा गुनासाे गरेपनि सुनवाइ हुँदैन् पेटिकामा उजुरी गर्नु नगर्नुकाे केही अर्थ हुँदैन, त्यसैले प्रशासनमा उजुरी पर्दैन ।” यसरी बर्षाैँ दिन सम्म उजुरी पर्दैन् यदि परि हाल्याे भने पनि गुनासाेकाे सुनवाइ नहुँदा प्रशासनप्रति स्थानीयकाे मनाेबल घट्दै गएकाे देखिन्छ । अर्का सेवाग्राही नाम नखुलाउने शर्तमा नागरिकताकाे प्रतिलिपी लिनकाे लागि प्रशासन धाउन थालेकाे डेढ महिना बितिसक्यो । अझै उनी नागरिकता पाउन सकेका छैनन् लगभग दिनानुदिन घरबाट प्रशासन पुग्न ४ सय अटाे भाडा तिरेर पुग्ने गरेका छन् ।

प्रशासनले मागेकाे आवश्यक कागजात पुर्याएर कर्मचारीले बाेलाएकाे समयमा पुग्दा समेत काम नहुँदा लगायत नागरिकले सास्ती भाेग्नुपर्दा इलाका प्रशासन र प्रहरीप्रति आशंका भएकाे स्थानीयकाे गुनासाे छ । यता इलाका प्रशासन कार्यालयका सूचना अधिकृत हिमलाल विश्वकर्माले आफूहरु प्रतिदिन ४० वटा नागरिकता बनाएर वितरण गर्दै आएकाे बताए ।

सेवाग्राहीकाे मनाेभवना अनुसार काम गरेकाे बताउँदै कामलाई चुस्त दुरुस्त बनाउन सुझाव आवश्यक उनले जनाए । सुझाव पेटिका प्रति तीनतीन महिनामा खाेलेर गुनासो सुन्ने व्यवस्था भएपनि गत आर्थिक बर्ष २०७८-०७९ मा उजुरी नै नपरेकाे अधिकृत विश्वकर्माकाे भनाइ छ । इलाका प्रशासन कार्यालय चन्द्राैटामा दिनहुँ नागरिकता लिनेकाे घुइँचो लाग्ने गरेकाे छ । कपिलवस्तुकाे शिवराज-५, चन्द्राैटामा रहेकाे प्रशासन कार्यालयमा शिवराज, कृष्णनगर र विजयनगर लगायत पालिकाबाट नागरिकता लिन दिनहुँ सायाैँकाे संख्यामा भिडभाड हुने गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma