Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

राष्ट्रिय कराते प्रतियोगितामा कपिलवस्तुका तीन जना खेलाडी सहभागि

काठमान्डौ हुने राष्ट्रिय कराते प्रतियोगितामा कपिलवस्तुका तीन जना खेलाडी छनोटमा परेका छन । एनआरएनको आयोजनामा भदौ २४ गते देखि सुरु हुने खेलमा उनिहरु सहभागी हुने कपिलवस्तु कराते संघका अध्यक्ष रामु सुनारले बताउनुभयो ।
शिवराज नगरपालिका निवासी खेलाडीहरु ताजेन्द्र घर्ती रबिन्द्र सुनार र खुम बहादुर खाम्चा मगर प्रतियोगितामा सहभागी हुनेछ्न ।
लुम्बिनी प्रदेश बाट टिम कातामा सहभागी हुनको लागि उनिहरु काठमान्डौ गएको अध्यक्ष सुनारले बताउनुभयो । नेपालका सात वटै प्रदेशका तथा बिभागिय टोलिका खेलाडी प्रतिस्पर्धामा भाग लिने छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma