Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

नेपाली कांग्रेस क्षेत्र न २ द्धारा अन्तरक्रीया

नेपाली कांग्रेस क्षेत्र न २ कपिलवस्तुले जनताको साथमा कांग्रेस अभियानको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पार्टि कार्यालय तौलीहवामा अभियानको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो । अभियानको लागी कपिलवस्तु आउनुभएका कांग्रेस केन्दीय सदस्य चन्द्र केशिले पार्टिको अभियानको वारेमा प्रकास पार्नुभएको थियो । उहांले प्रत्येक घर घरमा पुगेर पार्टि गरेका गतिविधि जनता सामु पुराउनु अभियानको मुख्य उदेश्य भएको वताउनुभएको हो । उहांले मंसिर ४ गतेको निर्वाचनमा पार्टिलाई जिताउन एक भएर लाग्न समेत निर्देशन दिनुभएको छ । कार्यक्रममा पार्टि नेता रमेश शर्मा , पुर्व मन्त्री कमलेश शर्मा , दिपकुमार उपाध्याय पुर्व पार्टि सभापति राजेश आर्चाय , सुधाकर पाण्डे, लगाएतले धारणा राख्नुभएको थियो । साथै पार्टि नेता राजेश सिंह जिल्ला सभापति अव्दुल कलाम , जिल्ला उपसभापति हुमाकान्त खनाल , सचिव प्रेम वहादुर रायमाझीसहसचिव ओजी अरसद पुर्व उपसभापति हरि गौतम, राम आशिष पाण्डे , पुर्व सचिव विनोद नेपाल , प्रर्मातम पाठक , नेताहरु हरिराज घिमिरे , लोकनाथ शर्मा ,सोहरत तेली, रामदेव पाशि गृजेश पाण्डे , नगर सभापति खुरशेद आलम र माधव दमासे लगाएतले वोल्नुभएको थियो । कार्यक्रम क्षेत्रीय सभापति केशव श्रेष्ठको सभापतित्व सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma