कपिलवस्तु– पछिल्लो समय युवाहरूको राजनिती प्रति लगाव बढ्दै गएको छ । अन्य राजनीतिक दलहरुले युवाहरुलाई राजनीतिमा होमिन आग्रह गर्दै गर्दा नेपाल समाजबादि पार्टी ले ३२ बर्षिय युवालाई चुनावी मैदानमा उत्रर्ने निर्णय गरेको छ ।
नेसपाले समग्र कपिलवस्तु जिल्लाबाट एकल नाम युवा नेतृत्वलाई अगाडी बढाउदै सिफारिस गरेको छ ।
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल समाजवादी पार्टी कपिलवस्तुले केन्द्रिय सदस्य तथा प्रदेश उपाध्यक्ष युवानेता शाहको एकल नाम सिफारिस गरेको छ ।
विगत ७र८ वर्ष देखि राजनीतिमा होमिएका नेता शाहको एकल नाम नेसपाले सिफारिस गरेको छ ।
३२ बर्षका युवा नेता शाहको नाम कपिलवस्तु क्षेत्र नं ३ ९क० को प्रदेश सभा सदस्यको लागि प्रत्यक्ष तर्फ एकल नाम सिफारिस गरेको नेसपाको जिल्ला अध्यक्ष राम निवास पुरीले बताउनु भयो ।
नेपाल समाजवादी पार्टी जिल्ला समन्वय समितिको बैठकले क्षेत्र नम्बर ३ को प्रत्यक्षतर्फ ‘क’ बाट प्रदेशसभा सदस्य र समानुपातिक प्रदेशसभा सदस्यका लागि ४ जनाको नाम सिफारिस गरेको हो ।
यसैगरी नेपाल समाजवादी पार्टीले समानुपातिक प्रदेशसभा सदस्यतर्फ ३ जनाको नाम सिफारिस गरेको छ । पार्टीले समानुपातिक प्रदेशसभा सदस्यतर्फ बिष्णु प्रसाद आचार्य, राम निवास पुरी र कलामुन निसा धोबीको नाम सिफारिस गरेको हो ।
नेपाल समाजवादी पार्टी कमिटी कपिलवस्तुका अध्यक्ष राम निवास पुरीले सर्वसम्मत रुपले पार्टीको बैठकले निर्णय गरी प्रदेश कार्य समितिमा उम्मेदवारको नाम सिफारिस गरिएको जानकारी दिनुभयो ।


प्रतिक्रिया