Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

एस.एण्ड एस सप्लायर्स द्धारा शुभकामना आदान—प्रदान ।।

भाद्र २४, कपिलवस्तु
कपिलस्तुको शिवराज नगरपालिका वडा नं. ५ मा रहेको एस एण्ड एस सप्लायर्सले व्यवसायिहरु संग चाडपर्व विशेष शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

यशोदा फुडस प्रा.लि.को प्रायोजनमा भएको कार्यक्रममा एस एण्ड एस सप्लायर्स संगको सहकार्यमा यशोदा फुडस प्रा.लि.प्रिमियम उत्पादन करेन्ट, हट, लाली का उत्कृष्ट व्यवसायिहरुलाई सम्मान समेत गरिएको आयोजक एस एण्ड एस सप्लायर्सका व्यवस्थापक श्यामलाल बन्जाडेले बताउनु भयो ।

कार्यक्रम सहभागि एक सय तिस विभिन्न व्यवसायिहरुलाई पनि सम्मान संगै गिफ्ट ह्याम्पर वितरण गरिएको बन्जाडेले बताउनु भयो । कार्यक्रममा यशोदा फुड्स प्रा.लि.का निर्देशक अर्जुन भण्डारीले व्यवसायिहरुलाई शुभकामना व्यक्त गर्नु भएको थियो ।


कार्यक्रम चर्चित कलाकारहरु दिपक भण्डारी , मिसन भुसाल र छमछमी इन्टरटेण्टमेन्ट प्रा.लि.का कलाकारहरुको प्रस्तुती समेत रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma