Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

बलदेव कपिलवस्तु बाटै लड्ने

हरि घिमिरे, २४ भाद्र ।
आगामि मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाका उमेद्वार छनोटकालागि दलहरुले सिफरीस गरिरहेका छन् । यसै क्रममा कपिलवस्तु क्षेत्र न.१ मा सिफारिस हुनुभएका चक्रपाणी खनाल (बलदेव) लाई अर्घाखाँचीले पनि प्रतिनिधिसभाका लागि सिफारिस गरेको छ । सोहि सन्दर्भमा चक्रपाणी खनाल (बलदेव)ले आफु गठबन्धनका तर्फबाट कपिलवस्तु क्षेत्र न. १ बाटै आफु प्रतिनिधीसभा चुनाव माहोमिने बताउनु भयो । उहाँले  भन्नु भयो “म कपिलवस्तु क्षेत्र न.१ को उमेद्वार हुँ, अर्घाखाँचिका साथिहरुले सिफारीस गर्नु भयो उहाँहरुलाई आभार व्यक्तगर्न चाहन्छु ।” साथै कपिलवस्तु बासिलाई हो हल्लाका पाछाडि नलाग्न उहाँले आग्रह गर्नु भयो । आफु कपिलवस्तु बासि भएकाले र अघिल्लो निर्वाचनमा पनि यसै कपिलवस्तु क्षेत्र न.१ बाट जितेको उमेद्वार भएकाले पनि आफुले यस क्षेत्र नछाड्ने उहाँले बताउनु भयो । साथै उहाँले आफ्नो प्राथमिकतामा कपिलवस्तु नै रहेको उहाँको भनाई छ । यता कपिलवस्तुले क्षेत्र न.१ बाट खनाल सहित तिन जनालाई सिफारीस गरेको छ । यद्यपि खनाल बाहयकका अन्य दुई जनाले पाटीले सिफरीस गरेता पनि आफुहरु चुनावमा नहोमिने सामाजिक सञ्जालमा लेखेका छन् । यसले पनि माओवादि केन्द्र बाट कपिलवस्तु क्षेत्र न. १ मा प्रतिनिधीसभामा खनाल एकल उमेद्वार रहेको बुझिएको छ । नेकपा (माओवादी केन्द्र) का सचिव समेत रहेका बलदेव कपिलवस्तु –१ का प्रतिनिधिसभा सदस्य समेत हु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma