Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

विपि जयन्तीको अवसरमा कांग्रेस कपिलवस्तुद्धारा विचार गोष्ठि कार्यक्रम सम्पन्न

१०९ औ विपि जयन्तीको अवसरमा नेपाली कांग्रेस कपिलवस्तुले विचार गोष्ठि कार्यक्रम सम्पन्न गरेको छ । पार्टि कार्यालय तौलीहवामा भएको कार्यक्रममा विपिको चिन्तन र विचारलाई थप संस्थागत गर्दै अगाडी वढनुपर्नेमा वतmाहरुले जोड दिएका छन । कांग्रेस पुर्व केन्द्रीय सदस्य दिपकुमार उपाध्यायले विपिको सपनालाई साकार गर्न पार्टि प्रति एकतावद्ध भएर अगाडी वढनुपर्ने वताउनुभएको छ । विपिले कल्पना गरेको समाजवाद लक्ष्यमा पुराउन कांग्रेसले नेतृत्व गरेर अगाडी वढनुपर्ने उहांको भनाई थियो ।

कार्यक्रममा पुर्व पार्टि सभापतिहरु कमलेश शर्मा,रमेश शर्मा , राजेश आर्चाय , सुधाकरण पाण्डे पुर्व केन्द्रीय सदस्य राजेश सिंह , प्रदेश सदस्य माया ज्ञवाली , महिला संघकी सुमित्रा शर्मा , पार्टि सचिव प्रेमवहादुर रायमाझी , सहसचिव ओजी अरसद , नेताहरु चर्तुभुजमणी त्रिपाठी , ललित गुरुङ लोकनाथ शर्मा , हरिराज घिमिरे लगाएतका नेताहरुले विपिको सिदान्तलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम जिल्ला उपसभापति हुमाकान्त खनालको सभापतित्व , उपसभापति रजतराज आर्चायको स्वागत र सचिव शतmी सिंह ठकुरीको संचालनमा सम्पन्न भएको थियो ।

यसै नेपाली कांग्रेस शिवराज नगर समितिले चन्द्रौटामा विपि जयन्तीको अवसरमा कार्यक्रम गरेको छ । नगर सभापति मधुसुदन पोख्रेलको सभापतित्व र जिल्ला उपसभापति हुमाकान्त खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको सचिव विष्णु पोख्रेलले जानकारी दिनुभयो । यता जिल्लाको वुद्धभुमी नगरपालिका २ गोरुसिङगेमा पनि कार्यक्रम भएको छ । प्रदेश महामन्त्री सुरेन्द्रराज आर्चायको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma