नेपाल समाजबादी पार्टी कपिलवस्तुले प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारको नाम सिफारिस गरेको छ । जिल्लाको बैठकले कपिलवस्तु-२ मा डा.अब्दुल मोबिन मुसलमान लाई प्रतिनिधि सभा को लागी सिफारीस गरेको छ । क्षेत्र न १ बाट समानुपातिक बाट मेघनाथ पौडेल ,तेज प्रसाद खनालको नाम सिफारिस भएको छ ।
कपिलवस्तु क्षेत्र न २(क) बाट दुर्गा रिजाल (ख) बाट राजेन्द्र मणि पाठकको नाम प्रदेश समितिमा सिफारिस गरिएको जिल्ला अध्यक्ष राम निवास पुरिले बताउनुभयो ।
क्षेत्र न ३(क) मा रहिश शाह, (ख)मा महोमद इसाकको नाम सिफारिस गरिएको छ ।
प्रदेश समानुपातिक तर्फ जिल्ला बाट विष्णु प्रसाद आचार्य ,कलामुन निशा धोबी ,बन्दना पाठक,शारदा देबि आचार्य ,राम लखन जयसवाल,निर्मला सिहको नाम सिफारिस गरिएको अध्यक्ष पुरिले बताउनुभयो ।केही नाम पठाउन बाकी रहेकोले केही दिनमा पठाइने अध्यक्ष पुरिको भनाइ छ ।


प्रतिक्रिया