नेकपा माओवादी केन्द्रका योद्धा चुर बहादुर खड्का जिवनले पार्टी परित्याग गरेका छन् । उनले टिकट नपाएपछि पार्टी छोड्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन । कपिलवस्तु क्षेत्र न ३(२)मा स्वतन्त्र उम्मेदवारी दिएको बताइएको छ । उनले सामाजिक संजालमा आजैका मिति देखि पार्टी परित्याग गरि आसन्न मङ्सिर ४ गते हुने निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र न ३ (ख) प्रदेस सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएको बताएका हुन ।
उनले लेखेका छन्
‘देश परिवर्तनका लागि ज्यानको आहुति दिन तयार भै माओवादी आन्दोलन हुदै १२ बर्ष सम्म निरन्तर लडियो जे जति कष्ट गरियो त्यो सबै देश र जनताको मुक्तिका लागि थियो । शान्ति कालमा आइ सके पछि पार्टीको निर्देशन पालना गर्दै ५ बर्ष जनप्रतिनिधि भइ वडाको बिकास र समृदिका लागि अहोरात्र खटियो । मलाई जनप्रतिनिधि भै काम गर्ने अवसर प्रदान गर्ने सम्पुर्ण जनता र पार्टी परिवार प्रति आभार व्यक्त गर्न चाहन्छु । आज अत्यन्तै फरक र जोखिमपुर्ण निर्णय लिन पुगेको छ ।
यस पश्चिम क्षेत्रका जनताको हित, बिकास र समृदि स्वास्थ शिक्षा र रोजगारीका लागि र समग्र अवस्था परिवर्तनका लागि मेरो आफ्नो पार्टीमा केहि फरक मत भिन्नता रहेकोले नेकपा माओवादी केन्द्र पार्टी आजैका मिति देखि परित्याग गरि आसन्न मङ्सिर ४ गते हुने निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र न ३ (ख) प्रदेस सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएको छु । जनताको उचित निर्णय हुने आशा सहित चुनावी मैदानमा अब जनताको साथमा निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दछु ।


प्रतिक्रिया