Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

प्रदेश सभा सदस्य पदका उम्मेदवार यादव चुनावी रणनितिका साथ मैदानमा

कपिलवस्तु क्षेत्र न ३ (ख) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार जानकी प्रसाद यादव चुनावी मैदानमा उत्रीएका छन् । राप्रपा वाट मनोनयन दर्ता गरेसगै विभिन्न चुनावी रणनिति अपनाएर निर्वाचनमा होमिएको यादवले बताए । उनले १० बुदे रणनिति तय गरेका छन् । निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको यादवको भनाई छ ।
क्षेत्र न ३ को मुख्य चुनाव प्रचार प्रसार कार्यालय स्थापना गरि चुनावी अभियान समुह निर्माण गरिने भएको छ ।बहादुरगंज र कृष्णनगरमा कार्यालय स्थापना,वडा अध्यक्षको नेतृत्वमा वडा स्तरीय प्रसार समिति बनाउने उने योजनामा राखेका छन् । चुनाव लक्षीत प्रशिक्षण,आमसभा लगाएत प्रचारात्मक अभियान र सामाजिक संजाल प्रयोगमा जिम्मेवारी दिइने भएको छ ।
नयाँ प्रवेशिलाई स्वागत,प्रचार अभियानमा लाग्ने कार्यक्रताको स्वास्थ्यमा ख्याल राख्ने,बोल्दा कसैलाई आक्षेप नलगाउने,द्धन्दात्मक कृयाकलाप वाट टाढा रहने र जनताको मन जित्ने र विश्वास योग्य कुराहरु जनतामा राख्ने समेटिएको छ ।
यादवका अनुसार पार्टी निति सिद्धान्तलाई स्पष्ट रुपमा व्याख्या गर्ने ,विगतमा भएका भष्ट्रचार प्रति नागरिकहरुलाई सचेत गराउँदै विकास निर्माणको कृयाकलापमा तार्कीक बहस गर्ने जनाइएको छ । युवा,महिला,किसान र वैद्धिक समुहलाई प्रचार अभियानमा सहभागि गराई जिम्मेवारी दिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma