काठमाडौं- साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४.१५ अंक बढेर १८७०.६३ बिन्दुमा बन्द भएको हो ।
त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.९५ अंक, फ्लोट इण्डेक्स ०.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३१ अंकले बढेको छ । आज कारोबारमा आएका २२२ कम्पनीको २६ लाख ९८ हजार कित्ता शेयर ८२ करोड ९६ लाख ४६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
हिजोको तुलनामा आज कारोबार रकममा सामान्य सुधार भएको छ । हिजो ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्य जलविद्युत उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । जसमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.५३ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ ।
आज अभियान लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै,रुरु जलविद्युत परियोजनाको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ ।
यता, सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य ४.४५ प्रतिशत घटेको छ । आज नबिल बैंकको ३ करोड ४० लाख ३५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।


प्रतिक्रिया