Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

नौलो लाग्दो वातावरण मैत्री सभा

पुनाराम पन्थी                                                                   दाङ ,असोज २७
समृद्ध समाज दाङको दोश्रो बार्षिक साधारण सभा वातावरण मैत्री तरिकाले नविन रूपमा सम्पन्न भएको छ। सभामा कुर्सी र सोफाको सट्टा दरी र कुसनमा भुईँमै अतिथि आशन ग्रहण गराईएको थियो । प्रीन्ट ब्याचको सट्टा पिपलको पातको ब्याच र कपडाको ब्यानर बनाईएको थियो । खादाको सट्टा स्थानीय फुलमाला पहिराईएको थियो । मन्तव्यमा सम्बोधन कम बिचार बढी प्रस्तुत भए । मन्चमा महिला र पुरुष झन्डै बराबर थिए । जनता र जनप्रतिनिधिले राजनीतिक कुरा उठाएनन बरु बिकासमा बहस गरे । समूहले स्थानीय पहिरन र भाषामा संदेशमुलुक गित,संगित,नृत्य र नाटक प्रस्तुत गरे । खानामा सिन्की र चटनी अनि नास्तामा-खिर र अचारका परिकारहरु बनेका थिए। प्लास्टिक भाँडाको सट्टा दुना,टपरी र काठको चम्चा प्रयोगमा ल्याईएको थियो । सभा हलको सट्टा मन्दिरको प्राङ्गणमा कार्यक्रम संचालन भयो । समाजमा उत्कृष्ट काम गर्ने समूहहरुलाई सम्मान गरेर हौसला थप्ने काम भएको थियो । महिलाहरुको बाहुल्यता,नेतृत्व र ब्यबस्थापनमा समृद्ध समाजको दोश्रो बार्षिक साधारण सभा दंगीशरण-३, हेकुलीमा असोज २७ गते सम्पन्न भएको छ।

“समृद्धिको आधार : शान्ति,बिकास,कर्तव्य र अधिकार” भन्ने मूल नाराका साथ सम्पन्न भएको सभामा समृद्ध समाज दाङकी अध्यक्ष दिल कुमारी विक र गाउँपालिका अध्यक्ष श्री शम्भु गिरी प्रमुख अतिथि रहनु भएको थियो। बिशिष्ट अतिथिमा गाउँपालिका पूर्ब अध्यक्ष भागिराम चौधरी र सहकर्मी समाजका टिम लिडर पुनाराम पन्थी हुनुहुन्थ्यो। अतिथिहरुमा जिल्ला समन्वय समिति दाङका सदस्य टोपाराम चौधरी,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु,सरकारी र सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, दक्षिण देउखुरी अधिकार मन्च गढवाका अध्यक्ष देबराज कुवर, समाज बिकास संजाल बंगलाचुलीका अध्यक्ष भिम बहादुर राना, संचारकर्मीहरु, ७ वटा मूल समिति र ५१ समूहका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

संस्थाका सचिब बालकृष्ण खड्काले संचालन र संस्थाकी सदस्य पार्वती चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको सो सभामा सह-सचिव झरना चौधरीले प्रगति प्रतिबेदन, कोषाध्यक्ष सीता डाँगीले आर्थिक प्रतिबेदन, दिलकुमारी बिकले आगामी बर्षको नीति कार्यक्रम र कार्ययोजना प्रस्तुत गर्नु भएको थियो। बीच बीचमा समूहहरुले स्थानीय लोक भाकाका गित, संगित,नृत्य र संदेशमुलुक नाटकहरु प्रस्तुत गरेका थिए।

सभामा मन्तव्य राख्ने बक्ताहरु क्रममा: प्रमुख अतिथि शम्भु गिरी, बिशिस्ट अतिथि भागिराम चौधरी र टिम लिडर पुनाराम पन्थी, जिल्ला समन्वय समिति दाङ्का सदस्य टोपाराम चौधरी, वडाअध्यक्षहरु क्रमशः रमेश भण्डारी(१), कमल चौधरी(४), रोशन जंग शाह(६), प्रेस चौतारी दाङका सह-सचिब दिप्ती शिखा, दक्षिण देउखुरी अधिकार मन्चका अध्यक्ष देबराज कुवर, समाज बिकास संजाल बंगलाचुलीका अध्यक्ष भिम बहादुर राना,पन्चकन्या मूल समिती अध्यक्ष पार्वती कंडेल, जागृती समूह अध्यक्ष बिष्णा गौतम, शान्ति समूह सदस्य साधना डाँगीले आफ्ना बिचारहरु व्यक्त गर्नु भएको थियो। कार्यक्रममा उत्कृष्ट काम गर्ने वडा न ६ को प्रगतिशिल समूहलाई सम्मान गरिएको थियो ।

प्रमूख अतिथि तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीले संस्थाले समृद्ध समाज निर्माणमा खेलेको भूमिका सह्राहनीय रहेको भन्दै दंगीशरणका बासिन्दाहरुको जिवन स्तर बदल्न ठुलो भूमिका खेलेको बताउनु भयो । अध्यक्ष गिरीले गाउँपालिकाको कार्यविधि अनुसार आगामी दिनमा गाउँपालिका र समृद्ध समाज मिलेर विपन्न वर्गका नागरिकहरुको जिवन स्तरमा परिवर्तन गर्नका लागि संगसर्गै अगाडि बढ्ने बताउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma