Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

कपिलवस्तुको सापेक्षित विकासमा मेरो निरन्तर सहभागिता छः प्रतिनिधिसभा उम्मेद्वार बलदेव

कपिलवस्तु  – कपिलवस्तु क्षेत्र न. १ का प्रतिनिधिसभा उमेद्वार चक्रपाणि खनाल बलदेवले जिल्लाको सापेक्षित विकासमा आफ्नो निरन्तर सहभागिता रहेको बताउनु भयो । उहाँले आफु मन्त्री हुदाँ र नहुदाँ गरेका केहि विकासका कामको खाका सर्वजनिक गर्दै यस्तो बताउनु भएको हो । खनालले मतदाताले के गर्‍यो भने र प्रश्न गरेमा जहाँ भन्यो त्यँही जवाफ दिन आफु तयार रहेको बताउनु भयो । उहाँले प्रतिनिधीत्व गर्ने सन्दर्भमा तुलनात्मक रुपले कसले के गर्‍यो भनेमा त्यसको जवाफ आफु संग रहेको बताउनु भयो । उहाँले भन्नु भयो “धेरै सपना देखाएर मतदमता झुक्याउने मेरो मान्यता मेरो छैन ।” जनताले परिस्थिती अनुसार मताधिकारको प्रयोग गर्न पाउने हक रहेको उहाँको भनाई छ । खनालले आफु कृषि मन्त्री हुदाँ पोलिसि लेभलमा काम गर्न खोज्दा त्यतिवेलाका प्रधानमन्त्री केपि शर्मा वलि संग ट्युनिङ्ग नमिल्दा काम गर्न असहज भएको बताउनु भयो । आफुले मन्त्रालय सम्हाल्दा विशेषत तिन वटा काममा फोकस गरेको उहाँको भनाई छ । जसमा किसानको दुध सडकमा पोखिनु हुँदैन यसको लागि पोलिसि निमार्ण गर्ने, दुग्ध जन्य पदार्थको उत्पादन बढाएर देशमै बिक्री गर्ने र यहाँ बढि भएका समग्रि निर्यात गर्न आफुले पहलि कदम चालेको बताउनु भयो । त्यस्तै मासु जन्य सामग्री बाहिर बाट खरिद गर्नु हुँदैन भनेर देश व्यापि कार्यन्वयन गराएको आफ्नो पालामा भएको पनि जानकारी दिनु भयो ।

यस्तै सात वटा प्रदेशमा सातवटा कृषि उपज संकलन केन्द्र निमार्ण गर्न पहल भयो र कपिलवस्तु जिल्लाको मन्त्रीका हैसेतले यस जिल्लामा पनि कृषि उपज संकलन केन्द निमार्णको काम अगाडी बढाईयो तर मन्त्रीको राजिनामा पछि त्यो पनि अधुरो छ खनालले भन्नुभयो । यस्तै शिक्षामा पनि जिल्लाको शुद्धोधन गाँउपालिकामा कन्या कलेजको स्थापन गर्न आफु सफल भएको बताउनु भयो । आफुले जितेर गएपछिको पहिलोकाम शिक्षा बाट सुरु भएको बताउनु भयो ।

उहाँले सानाठुला गरेर आफ्नो पहलमा करिब २ सय ६० भन्दा बाटा घाटा निमार्ण भएको स्मरण गराउनु भयो । उहाँले आफुले काम गरेको र फोटो खिच्ने र प्रचार गर्ने अन्य साथिहरु भएको बताउनु भयो । सोहि सन्र्दभ जोड्दै उहाँले कपिलवस्तुको कायापलट गर्ने नौमुरे जलविद्युत योजनामा केहि बजेट विनीयोजन गरेर कार्यन्वयन गराएको जानकारी दिनुभयो । अहिले पनि यसको काम अगाडि बढेको उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma