Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन शिवराजद्धारा केसीलाई आर्थिक सहयोग

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन शिवराज नगर समितिले शिक्षक सन्तोष केसीको उपचारको लागि आर्थिक सहयोग गरेको छ । सङ्गठनका जिल्ला उपाध्यक्ष केसी विगत ६ महिनादेखि एन.के. टिसेल लेम्फोरा रोग बाट ग्रसित हुनुभएको छ । उपचारका क्रममा आर्थिक अभाव देखिएकोले विभिन्न क्षेत्र वाट सहयोग सङ्कलन अभियान भइरहेको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन शिवराज नगर समितिका अध्यक्ष चिरञ्जीवी घिमिरेले बताउनुभयो ।
घिमिरेले शनिवार केसीको निवासमा पुगी रु २१ हजार २ सय हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरण गर्दै उपचारको लागि सहयोग रकम सङ्कलन गर्ने काम भइरहेकोले छिटै उपचार पश्चात् निको हुने घिमिरेले विश्वास व्यक्त गर्नुभयो । नगर अध्यक्ष घिमिरेले केसीको उपचारमा लागि नेपाल बैकको खाता 22801001121781000001 मा आर्थिक सहयोग गर्नुहुन सम्पूर्णलाई आग्रह गर्नुभयो ।
राष्ट्रिय मावि चन्द्रौटाका शिक्षक केसीको उपचारको लागि धेरै रकम लाग्ने भएकोले पछिल्लो समय सहयोग जुटिरहेको छ । भारतको लखनउमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ । नेपालमा तेस्रो व्यक्तिको रूपमा केसीलाई एन.के. टिसेल लेम्फोरा रोग लागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma