Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

कपिलवस्तु क्षेत्र ३ मा चुनावी चर्चा ,शाहको किल्ला भत्काउने प्रयास सफल होला त ?

कपिलवस्तुमा तीन पटक सम्म सांसदमा अभिषेक प्रताप शाह निर्वाचित भए । शाहको किल्लाको रूपमा कपिलवस्तुको पश्चिमी क्षेत्र मान्ने गरिन्छ । शाहको रहनसहन कार्यशैलीका कारण उनी निर्वाचित हुँदै आएका छन् । युवाहरूमा लोकप्रिय भएका शाहलाई पराजित गर्न निकै कठिन मानिन्छ । यस क्षेत्रको निर्वाचनमा जो सुकै आए पनि लडाइ शाह सँगै हुने गर्दछ । शाहको राजनीतिक भन्दा पनि व्यक्तिगत प्रभाव छ । उनीले पार्टी परिवर्तन गरेर पनि भारी मतले निर्वाचन जितेको इतिहास हामी सँग छ । उमेरले ४० वर्ष नपुगेका शाह राजनितिक पृष्ठभुमिका व्यक्ति हुन । लामो समय सम्म सांसद भए पनि उनले मन्त्री हुने अवसर भने पाएनन् । स्रोतका अनुसार शाहलाई अहिलेका प्रधानमन्त्री शेर बहादुर देउवाले अब जितेर आएमा मन्त्री बनाउने वाचा गरेका छन् । जसपा छोडेर काँग्रेसमा प्रवेश गरेका शाह देउवा निकटका नेता मानिन्छन् । मङ्सिर ४ गते निर्वाचनको लागि शाहको टिम मैदानमा आइसकेको छ । उनले हरेक टोलमा निकटका मान्छेहरू जिम्मेवारी पनि दिइसकेका छन् । उनी सँग मुख्य तीन जना प्रभावशाली नेताहरू प्रतिस्पर्धामा उत्रिएका छन् । शाहको आफ्नै पनि छुट्टै प्रभाव र अहिले गठबन्धन रहेको माओवादी,एकीकृत समाजवादी लगायतको समेत उम्मेदवार रहेकाले केही सहज हुने उनी निकटको बुझाई छ । २०७४ सालमा शाहको २० हजार १ मत ल्याई निर्वाचित भएका थिए ।
गत २०७४को निर्वाचनमा शाह भन्दा ५ हजार मतले पछाडि परेका हुन मङ्गल प्रसाद गुप्ता । उमेर ७७ वर्ष पुगेका गुप्ता पुराना नेता र अनुभवी नेता मानिन्छ । हरेक निर्वाचनमा उम्मेदवार बने पनि गुप्ताले जितेको इतिहास छैन । उनले पार्टी परिवर्तन गर्दै उम्मेदवार बन्दै गरे पनि जित्न भने सकेका छैनन् । वृद्धा अवस्थामा रहेका गुप्तालाई जिताउन अहिले एमाले सक्रिय रूपमा लागेको छ । गत निर्वाचनमा सङ्घीय समाजवादी फोरम बाट उम्मेदवार बनेका गुप्ता अहिले देशकै ठुलो पार्टी एमाले वाट लडेको निर्वाचित जित्ने ढुक्क छन् यद्यपि शाहलाई ढलाउन भने सहज छैन । २०७४ सालको निर्वाचनमा उनले १५ हजार ८ सय ३८ मत प्राप्त गरेका थिए ।
शाह सँगै प्रतिस्पर्धा मा रहेका इश्वर दयाल मिश्र । पूर्व मन्त्री समेत रहेका मिश्र पनि लोकप्रिय नेताको रूपमा चिनिन्छन् । शाहको किल्लालाई यस पटक जसरी भए पनि तोडेर आफूले जित्ने महोल बनाउन तयारी गरिरहेका छन् । पूर्व भौतिक योजना मन्त्री हुँदा विकास तीव्र रूपमा गरेका कारण उनले निर्वाचन जित्ने उनीका समर्थकहरूको भनाई छ ।उनलाई जसपा र एमालेको एक समूहले आन्तरिक रूपमा सहयोग गर्ने छ भने लोसपाले पनि सहयोग गर्ने बुझिएको छ । उनको २०७४ सालको निर्वाचनमा १४ हजार ३ सय ३० मत पाएका थिए ।
सङ्घीय निर्वाचनमा नयाँ अनुहारको रूपमा प्रकाश रजौरिया आएका छन् । राजनीतिक परिवारका रजौरियाले आफ्नो पक्षमा नतिजा आउनेमा ढुक्क छन् । युवा उमेरका रजौरियाको प्रतिस्पर्धा शाह सँगै हुने बताइएको छ । राप्रपा वाट उम्मेदवार बनेका रजौरियालाई मुस्लिम समुदायमा साथ रहेको पाइन्छ यद्यपि निर्वाचन जित्न भने सहज छैन । पार्टीको सङ्गठन कमजोर रहेकोले उनले व्यक्तिगत रूपमा मेहनत गर्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma