Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

घरदैलो अभियानमा ब्यस्त राप्रपाका पौडेल

कपिलवस्तु –

कपिलवस्तुको क्षेत्र नं. ३ (क) राप्रपा तर्फका उम्मेदावर कृष्ण प्रसाद पौडेलको घर दैलो र जनता संग भेटघाट अभियान तिव्र भएको छ ।
आसन्न मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पक्षमा मत पार्न पौडेलको निर्वाचन परिचालन समिति सक्रिय बनेको छ सोही अनुरुप मंगलबार शिबराज नगरपालिका वडा ३ खरेन्द्रपुरमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ ।
नगरका अन्य वडाहरुमा पार्टि सम्पर्क कार्यालय , संगठन विस्तार संगै घर दैलो अभियानलाई समेत राप्रपाले तिब्रता दिएको छ ।

पौडेल राप्रपा बाट टिकट पाए पछि चुनावी दौडमा होमिएका छन । ४० बर्ष लामो समय नेपाली काङ्ग्रेसको राजनितीमा सकृय रहि समाजसेवा गरेका पौडेल स्थानीय तहको चुनाव पश्च्यात राप्रपामा रहि सक्रिय रुपमा राजनीति गरिरहेका छ्न । यतिबेला युवाहरुको मनमा बस्न सफल पौडेल क्षेत्रको पूर्व उत्तर भागमा निकै राम्रो माहोल बनाएका उनले दक्षिण क्षेत्रमा समेत राम्रो छबि बनाएका छन ।“गत बैशाखमा सम्पन्न स्थानीय तहको चुनाबमा जस्तै अहिले पनि जनताको साथ हामी संगै रहने पौडेलले बिस्वास प्रट्क गरे।
फरक प्रशङ्ग्मा आफ्नो भनाइ राख्दै शिवराज नगरपालिका ३ खरेन्द्रपुरका युवा गणेश पाण्डेले युवाहरु एक जुट भइ पौडेललाई जित दिलाउने प्रतिबद्धता ब्याक्त गरेका छ्न ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma