Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

स्रोत नखुलेको भारतीय रकमसहित अर्घाखाँचीका एक जना पक्राउ

कपिलबस्तु –
कपिलबस्तुमा स्रोत नखुलेको ५ लाख ५२ हजार आठसय भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १, मिडियाचोक घर भएका ३९ वर्षीय मुक्ति खनाल रहेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा यशोधरा गाउँपालिका वार्ड नम्बर ७ मर्यादपुरबाट खटिएको प्रहरी टोलीले लु १६ प ४११७ नम्बरको मोटरसाइकल सहित बुधबार बिहान ८ बजे उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका खनाललाई थप अनुसन्धानका लागी राजस्व भन्सार कार्यालय रुपन्देही पठाइएको प्रहरी नायव उपरिक्षक मिन बहादुर घलेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma