Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

गठबन्धनको आगामी सरकारले लालपुर्जा बाढ्छ : शाह

नेपाली काग्रेसका नेता तथा कपिलवस्तु क्षेत्र न ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अभिषेक प्रताप शाहले बाम लोकतान्त्रिक गठबन्धनको सरकारले लालपुर्जा बाढ्ने बताउनुभएको छ । निर्वाचन पश्चात गठबन्धनको सरकार बन्ने र त्यहि सरकारले सुकुम्बासी भुमिहिनहरुलाई लालपूर्जा वितरण गर्ने शाहले बताउनुभयो । शिवराज नगरपालिका वडा २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले विद्यालयमा शिक्षकको समस्या रहेकाले माग बमोजिम शिक्षक उपलब्ध गराउने शाहले बताउनुभयो ।
थारु महिलाहरुको सशक्तिकरणको लागि प्रदेश र स्थानीय तह सँग सहकार्य गरि कार्यक्रम लागु पर्ने शाहले बताउनुभयो । स्वास्थ्य र शिक्षा सबै भन्दा अपरिहार्य रहेकोले त्यसतर्फ आफु कटिबद्ध भएको क्षेत्रको विकासमा लाग्ने बताउनुभयो । शाहले युवाहरुलाई मध्यनजर गर्दै क्षेत्र भित्र एउटा अन्तरािष्ट्रय स्टेडियम निर्माण गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य पदका उम्मेदवार तथा माओवादी केन्द्रका नेता एहसान अहमद खाँले आगामि निर्वाचन सरकार बनाउने योजना नभई संविधान मास्ने तत्व विरुद्धको लडाई हुने बताउनुभयो । बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवार जिताएर प्रदेश र केन्द्र सरकार बनाउनुपर्ने धारणा राख्नुभयो ।
चुनावी सभा कार्यक्रममा समानुपातिक उम्मेदवार उमा विक,काग्रेसका नेता हुमाकान्त खनाल,माओवादीका नेता दिनेश पुन,राजेन्द्र आचार्य लगाएतले सम्बोधन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma