लोकतान्त्रिक वाम गठवन्धन कपिलवस्तु निर्वाचन क्षेत्र न ३ शिवगढीमा घरदैलो तथा चुनावी सभा सम्पन्न गरेको छ । गठवन्धनले क्षेत्र न ३ को प्रदेशसभा २ मा घरदैलो तथा चुनावी सभा सम्पन्न गरेको निर्वाचन प्रचार प्रसार समितिका सदस्य सचिव राजु खरालले जानकारी दिनुभयो । प्रतिनिधि सभा सदस्य पदका उम्मेदावर अभिषेक प्रताप शाह र प्रदेश सभा सदस्य पदका उम्मेदावर विरेन्द्र कुमार कनौडिया सहितको संयुतm टोलीले घरदैलो कार्यक्रम गरेको सदस्य सचिव खरालले वताउनुभयो ।
शिवगढिको रमुवादह , विजगौरी , वानियाभार , भगावनपुर , सुन्दरी डांडा लगाएतका टोलमा चुनावी कोण सभा सम्पन्न गरेको वताईएको छ । चुनावी सभालाई संवोधन गर्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेदावर अभिषेक प्रताप शाहले लोकतान्त्रिक संविधानको रक्षा नै आजको चुनौती भएको वताउनुभएको छ । उहांले पुर्वत सरकारले संविधान माथि गरेको हमालको वचाउको लागी गठवन्धन वनेकाले मतदान गरी विजयी गराउन आवाहन समेत गर्नुभयो । शिवगढीमा रहेको मोवाईल नेटवर्क समस्या , वाटो र खानेपानीको समस्या प्रति आफु जानकार रहेको वताउदैं निर्वाचन पछि समस्याको समाधान गरिने दावी गर्नुभयो । उम्मेदावर शाहले आफुले वोलेको कुरा अहिले सम्म पुरा गरेकाले पुरा गर्न नस्कने कुरा वोल्दै नवोल्ने समेत वताउनुभयो ।

यस्तै प्रदेश शभा सदस्य पदका उम्मेदावर विरेन्द्र कुमार कनौडिया अघिल्लो निर्वाचन गरका प्रतिवद्धताहरु पुरा हुने दिशा तर्फ अगाडी वढेको वताउनुभयो । शिवगढीमा १८ करोडको सिचांई परियोजनाको ठेक्का भएको जानकारी दिनुभयो । उहांले विकास र समृद्धीको लागी गठवन्धनको विकल्प नभएको समेत धारणा राख्नुभयो । घरदैलो अभियानमा नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका गरी करिव पांच सय नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।


प्रतिक्रिया