Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

प्युठानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १२ घाइते

काठमाडौं – प्युठानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

दुर्घटनामा प्युठान नगरपालिका वडा नम्बर ५,पातलकटेरीका ४६ वर्षीय खुमन थापा, निजकी श्रीमती ४६ वर्षिया बच्ची थापा (जुनकी) सोही ठाउँकै वर्ष ५२ कि महिमा घर्तीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापा मगरले जनकारी दिएका छन् ।

प्युठानको बिजुवारबाट पुर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप प्युठान नगरपालिका-५ पुर्णागाउँ नजिक कुडापानीको घुम्टीमा मध्यरातमा अनियंत्रित भई दुर्घटना भएको हो ।

प्रहरी निरीक्षक थापाका अनुसार दुर्घटनामा परी घाइते हुनेमा प्युठान नगरपालिका–५, बस्ने ५० वर्षीया फागुनी खत्री, ५० वर्षीय गोरी घर्ती, १९ वर्षीय बिरि कुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती क्षेत्री, ३४ वर्षीय निमा खत्री, ३० वर्षीय जुठी महरा, १८ वर्षीय कुमारी महरा, ४१ वर्षीय नखी महरा, ४७ वर्षिय गोरी खत्री, ३७ वर्षीय निमलाल घर्ती, ३४ वर्षीय जगमा महरा र ५८ वर्षीय रामे रोका रहेका छन् ।

घाइते मध्य ६ जनाको बिजुवार अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइते ६ जनालाई बिजुवार अस्पतालबाट बुटवल रिफर गरिएको छ । जिप अनियंत्रित भइ सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको छ । चालक प्युठान नगरपालिका– ९ का २३ वर्षीय बिनोद के।एम सामान्य घाइते रहेका छन् ।

रातको समय भएकाले उद्घार कार्यमा कठिनाइ भएको स्थानीयले बताएका छन् । घटना स्थलमा नेपाल प्रहरी स्थानीय बासी जनप्रतिनिधिले घाईतेको उद्घार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma