मोफसल खबर
मंसिर २३
कपिलवस्तु क्षेत्र नं. ३ (क) मा नेकपा एकिकृत समाजवादी पार्टिका उम्मेदवार जिवलाल पौडेलले आफु जितको नजिक रहेको बताएका छन ।आम मतदाता संग मत माग्दै चुनावी अभियानमा होमिएका पौडेलले आफ्नो जित निश्चित भएको बताएका हुन ।

चुनावी अभियानमा क्षेत्रका विभिन्न गाउँहरुमा घरदैलो र चुनवी अभियान सहित जादाँ मतदाताको उल्लासमय सहभागिता भएको नेकपा एकिकृत समाजवादी निर्वाचन प्रचार प्रसार समितिले जनाएको छ । लामो समय सम्म नेकपा एमालेमा रहेर विभिन्न निर्वाचनमा रणनैतिक योजना बनाउने योजनाकारहरु अहिले नेकपा एसमा भएका कारण पनि चुनावी नतिजा पौडेलेको पक्षमा आउने जनाइएको छ । पौडेललेको आफ्नो व्यक्तिगत छविका कारण पनि उनी प्रति मतदाता आर्कषित भएका छन । अन्य उम्मेदवारहरुको तुलनामा पौडेलको पक्षमा जनलहर बढेको विश्लेषकहरुको बुझाई रहेको छ ।

घर दैलो र चुनावी अभियानमा गाउँ टोलमा पुगेका मतदाताले पौडेलको पक्षमा मत आउने बताउछन । व्यक्तिगत स्वार्थ नभएका कारण क्षेत्रको विकासमा प्रभावकारी काम गर्न सक्ने व्यक्तिका रुपमा मतदाताले पौडेललाई बुझेका छन । जनताको उत्साहजनक सहभागिता र उनीहरुको हौशलाले नै पौडेलले आफू जित नजिक रहेको बताएका हुन ।


प्रतिक्रिया