Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

बिकृतीको बाटो बदल्न ,नेतृत्व परिवर्तन गर्न अठोट गर्न सक्नु पर्छ:मिर्जा रासिद

यस क्षेत्रको विकास को लागि युवा पुस्ताले नेतृत्व गर्न आवश्यक रहेको जनता प्रगतिशील पार्टीको तर्फबाट कपिलवस्तुको क्षेत्र न ३ (२)का उम्मेदवार मिर्जा रासिद बेगले बताउनु बयो ।आज चन्द्रौटामा भएको पार्टी को बृहत् आम सभालाई सम्बोधन गर्दै उम्मेदवार बेगले बिकास र परिवर्तन चाहनेहरु बिना सर्त नै मिल्न जरुरी रहेको बताउनु भयो ।

बिकृती र रुढीबादी को बाटो बदल्ने हो भने नेतृत्व बदल्न अठोट गर्न सक्नु पर्ने बताउनु भयो। देशको हित र रक्षाकोनिम्ती युवाले जित्नु पर्ने बताउनु भयो । युवा नेतृत्व लिन अग्रसर भएर हुदैन सक्षम युवालाई नेतृत्व दिन समेत तयार हुन आवस्यक रहेको बताउनु भयो।

अबको परिवर्तन नितान्त युवाले मात्रै गर्न सक्ने भन्दै समुदायको लागि लागि परिवर्तन गर्न सक्ने सिर्जनशीलता र क्षमता युवाहरुलाई उचित शिक्षा र निर्णय प्रक्रियाको लागि अधिकार दिने हो भने विकास सम्भब रहेको उल्लेख गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma