एक पत्र अभिषेक प्रताप शाह । हँसिला,जोसिला र निडर । हजुरबुवा देखि बुवा हुँदै आफू सम्मको शाहको विरासत जोगाउन तत्पर । चौथो पटक सांसद बन्नको लागि मैदानमा छन् । युवाहरूमा लोकप्रिय रहेको शाहको किल्लाको रूपमा कपिलवस्तु क्षेत्र न ३ लाई मानिन्छ । भारतीय सँग जोडिएको कृष्णनगर निवासी शाह अहिले निर्वाचनमा होमिएका छन् । नेपाली काँग्रेसका प्रभावशाली नेताको रूपमा परिचित भएका शाह अब्बल उम्मेदवारको रूपमा मानिन्छन् । निर्वाचन जिते पश्चात् नेताहरू काठमान्डौ बस्ने प्रचलन रहे पनि शाह भने आफ्नै क्षेत्रमा बस्ने गर्दछन् ।
०६४ सालमा कमै उमेरमा चुनाव जित्ने मध्येका एक थिए शाह । नेपालका कान्छो सभासद् बनेर चर्चा कमाएका शाह ०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि शानदार रूपले विजयी भए । तत्कालीन सङ्घीय समाजवादी फोरमले देशभर चुनाव हार्दा शाहले सोही पार्टीबाट ०७० मा चुनाव जितेका थिए ।
देशभर खस्कदो पार्टीको साख शाहले बचाएका थिए । त्यसपश्चात् शाह ०७४ मा निर्वाचनको पूर्व सन्ध्यामा काँग्रेस प्रवेश गरेका शाहले बाम गठबन्धनका ईश्वर दयाल मिश्र र पाका नेता मङ्गलप्रसाद गुप्तालाई पराजित गरेका थिए । शाह फेरि पनि मैदानमा छन् । मङ्सिर ४ गते हुने निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार रहेकोले यस पटक विगत भन्दा झन् सजिलो हुने बताइन्छ ।उनले गत निर्वाचनमा २० हजार मत पाएका थिए भने अहिले ३२ हजार आउने दाबी गरेका छन् । लामो समय सम्म सांसद भए पनि विभिन्न कारणले उनले मन्त्रालयको जिम्मेवारी पाएनन् ।
कृष्णनगर चन्द्रौटा सडक चार लेन, आरटिओ रोड कालोपत्रे,हुलाकी सडक निर्माण लगायत कामको जस शाहले पाएका छन् । यति मात्र होइन शाहलाई कृष्णनगर सानो समस्या पारेमा जनतालाई सहयोग गर्ने भएकोले उनलाई हराउन सहज छैन । पटक पटक धार्मिक तथा क्षेत्रमा राजनीतिक गरेको आरोप खेप्ने गरेका शाहले पछिल्लो समय यो आरोपलाई चिर्दै आएका छन् । ‘म जनताको उम्मेदवार हु,पटक पटक जिताउनुभएका छ ,शाहले भने, ‘फेरि पनि चुनावमा होमिएको छु,घरघर पुग्दा जनताको साथ सहयोगले हर्षित छु, ।’
भारतीय नेताहरू सँग राम्रो सम्बन्ध बनाएका शाहले भारतीय दूतावास वाट आफ्नो क्षेत्रमा राम्रो सहयोग पाएका छन् । विद्यालयहरू बस सञ्चालन देखि जनताको घरमा पानी पु¥याउने समेत काम गरेका शाह चौथो पटक सांसद छिर्लान् त ?


प्रतिक्रिया