Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

मुख्य प्रतिस्पर्धी मानिएका तीन दलद्धारा कृष्णनगरमा चुनावी सभा

कपिलवस्तु क्षेत्र न ३ मा मुख्य प्रतिस्पर्धी मानिएका तीन दलले कृष्णनगरमा चुनावी सभा सम्पन्न गरेका छन । लोकतान्त्रीक वाम गठवन्धन , नेकपा एमाले , जनता प्रगतीशिल पार्टिले कृष्णनगर वजारमा चुनावी सभा सम्पन्न गरेका हुन । चुनावी सभालाई पार्टिका नेता एवम उम्मेदावरहरुले संवोधन गरेका थिए । गठवन्धका प्रतिनिधि सभा सदस्य उम्मेदावर अभिषेक प्रताप शाहले नेकपा एमालले नागरिकतामा राजनीती गरेकाले मत माग्ने नैतिकता गुमाएको वताएका छन । उनले नेपालमा धेरै युवाहरु नागरिकतावाट वन्चीत हुदा उनीहरुको सम्पुर्ण अधिकार गुमेको भन्दै नागरिकतामा एमालेले राजनीती गरेको आरोप लगाएका छन । शाहले कसैको भडकाउ र प्रलोभनमा परेर मतको दुरुपयोग नगर्न मतदातालाई आग्रह गरेका छन ।

तीन पटक सम्म भारी सहित विजय गराएका जनताले यसपटक पनि आफुलाई जिताउनेमा कुनै संका नरहेको वताएका छन । यस्तै नेकपा एमालेका प्रतिनिधि सभा तर्फका उम्मेदावर मंगल प्रसाद गुप्ताले यसपाली ३२ हजार भन्दा माथि मत ल्याएर विजयी हुने दावी गरेका छन । ०७४ को निर्वाचनमा सवै क्षेत्रवाट मत प्राप्त गर्न नसकेर पराजीत भएको स्मरण गर्दै गुप्ताले यसपाली एमालेको संगठन सवै तिर राम्रो भएकाले निर्वातन जित्ने दावी गरेका हुन

यता जनता प्रगतीशिल पार्टिका उम्मेदावर ईश्वर दयाल मिश्राले कपिलवस्तु क्षेत्र न ३ मा विकास गर्न सक्ने एकमात्र व्यतmी आफु भएकाले निर्वाचनमा विजयी गराउनेमा विश्वस्त रहेको वताएका छन । क्षेत्र न ३ मा विकासका धेरै काम गर्नुपर्ने भन्दै त्यो आफनो जित पछि पुरा हुने वताएका हुन । प्रतिनिधि सभा तर्फका उम्मेदावरहरुले आ आफनो जित सुनिश्चित रहेको दावी गरिरहेको वेला प्रदेश सभा तर्फका उम्मेदावरहरु पनि निर्वाचन जित्नेका विश्वस्त रहेको वताएका छन । चुनावी सभालाई गठवन्धनवाट प्रदेश सभा तर्फका उम्मेदावर विरेन्द्रकुमार कनौडिया र एसहान अहमद खांले संवोधन गरेका थिए , यस्तै एमालेका रजाऊ मुस्लमान र जनता प्रगतीशिल पार्टिका मिर्चा राशिद वेग आ आफनो चुनावी सभा संवोधन गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma