मोफसल खबर
कार्तिक २७
यहि मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवारहरुलाई आम मतदाताको घरघरमा मत माग्न भ्याइ नभ्याई भएको छ ।कपिलवस्तु क्षेत्र नं. ३ (क) मा पनि निर्वाचन मिति नजिकिदै गर्दा उम्मेदवारहरुको चर्चा पनि चुलिएको छ ।

निकै कम्जोर र अपरिचित प्रतिस्पर्धीका रुपमा लिइएका लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार एहसान अहमद खाँ को चर्चा यति बेला चुलिएको छ । नेकपा माओवादी केन्द्रबाट टिकट पाएर निर्वाचनमा होमिएका खाँ को यति बेला लोकप्रियता बढेको छ । पार्टि भित्रबाटै नचिनिएका र पहुँचका आधारमा टिकट ल्याएका भनि केहि अफवा फैलिएको भए पनि अहिले सिगों पार्टि र गठबन्धन खाँ को साथमा छ । क्षेत्र नं. ३ (क) को दक्षिणी भेगमा आफ्नै राम्रो पकड राख्ने खाँलाई उत्तर तर्फ गठबन्धनको साथले जितको नजिक पुराएको छ ।
सरल स्वाभाव , छिट्टै जो कोहि संग घुलमिल हुन सक्ने खुवी, राजनितिबाट सामाजिक सेवा गर्छु भन्ने ढृढ अटोटले खाँ सबैका प्रिय बन्न पुगेका छन । गठबन्धनबाट कम्जोर प्रतिस्पर्धी आएको ठानेर खुसी मनाएका अन्य प्रतिस्पर्धीलाई खाँ अहिले अजङ्ग पहाड बनेका छन । खाँ आफ्नै पकडका मत ल्याए पनि प्रतिस्पर्धालाई पसिना छुटाइ दिन्छन भने अहिले नेपाली काग्रेस, नेकपा माओवादी, राष्ट्रिय जनमोर्चाको मत समेत खाँ लाई जादा उनको सहजै जित हुने विश्लेषकहरु बताउछन ।

जडिबुटिहरुको संकलन र प्रशोधन गरि तेस्रो मुलुक सम्म निर्यात गर्ने खाँ एक सफल व्यवसायि र उद्योगी समेत हुन । निर्वाचनमा मतदाताको घर दैलोमा मत माग्दै गर्दा उनी आफ्नो पारिवारिक जिम्मेवारी निर्वाह गरिसकेकोले अब जनताको सेवामा आएको बताउछन ।“मैले आफ्नो लागी र परिवारको कमाउनु पर्दैन परिवार सेटल गरिसकेको छु अब जनताको सेवा गर्ने छु, ” खा ले भन्नु भयो । यस क्षेत्रमा खास गरि दक्षिण क्षेत्रमा उच्च तह अध्ययन गर्नको लागी क्याम्पस नहुदाँ पढ्ने चाहाना हुदाँ हुदै पनि धेरैले विद्यालय छोड्नु पर्ने बाध्यता छ , यस क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्न पाउने विद्यालय स्थापना गर्ने मेरो पहिलो एजेण्डा रहेको छ उहाँले भन्नु भयो । खाँ ले कृषिलाई आधुनिकीकरण गर्दै जडीबुटी उत्पादन र प्रशोधन तर्फ किसानलाई आर्कषित गर्न सके नागरिकको आर्थिक अवस्था उकासिने बताउनु भयो ।
जनतालाई प्रत्यक्ष लाभ पुग्ने भिजन र एजेण्डा सहित चुनवी मैदानमा रहेका कारण जनताले एहसान अहमद खा लाई मन पराएका छन । चुनावी प्रतिस्पर्धा रहेका अन्य उम्मेदवारलाई उछिन्न अहिले खा पहिलो स्थानमा पुगेको विश्लेषकहरुको बुझाइ छ । क्षेत्रमा अहिले लोकतान्त्रिक बाम गठबन्धनको शानको रुपमा उनी चुनावी मैदानमा होमिएका छन ।


प्रतिक्रिया