नेपाली काग्रेस कपिलवस्तुका युवा नेता अमर पौडेलले मंसिर ४ गते हुने निर्वाचनबाट ६० वर्ष माथिका सबै उम्मेदवारहरुलाई विदा गर्नुपर्ने बताउनुभयो । काम गर्न सक्ने क्षमता भएका युवाहरुलाई जिताउनुपर्ने भन्दै अब परिवर्तन युवा वाट मात्र सम्भव हुने बताउनुभयो ।
लोकतान्त्रिक बाम गठबन्धनको घरदैलो अभियानका क्रममा पौडेलले कपिलवस्तु क्षेत्र न ३ मा अभिषेक प्रताप शाहको जित सुनिश्चित रहेको दावि गर्नुभयो । क्षेत्रमा शाहको विकल्पको रुपमा कुनै पनि उम्मेदवार नरहेकोले आम जनताले युवा उम्मेदवार शाहलाई जिताउँने बताउनुभयो ।
‘जो पटक पटक दल फेरेर अन्तिम पटक भन्दै ८० वर्ष हुदा सम्म उम्मेदवार बनेको छ, त्यस्तालाई स सम्मान विदा गर्नुपर्छ, र क्षेत्रवासीले गर्नुहुन्छ, पौडेलले भने,’ । क्षेत्रको विकासको लागि शाह अब्बल रहेको भन्दै संविधान लाई नष्ट पर्ने तत्वलाई निर्वाचनवाट विदा गर्नुपर्ने बताउनुभयो ।


प्रतिक्रिया