Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

देशलाई एमालेले मात्र समृद्ध बनाउन सक्छ : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई एमालेले मात्र समृद्ध बनाउन सक्ने बताएका छन् । दैलेखको जम्बुकाँधमा आयोजित चुनावीसभामा उनले यसपटकको निर्वाचनले देशको भविष्यको फैसला गर्ने भएकाले राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डतार राष्ट्रिय हितको संरक्षण गरी देशको गौरव बढाउने एमालेलाई विजयी गराउन मतदातासमक्ष आग्रह गरे ।

दैलेखमा ज्वालामुखी अनुसन्धान आफूले नै गराएको दाबी गर्दै उनले भने, “पानीमा ज्वाला बलेको उहिल्यै सबैले देखेका थिए तर म आएर हेरेर अनुसन्धान गरौँ भनेर अनुसन्धान गराइयो, उत्खनन पक्कै हुन्छ ।”

विसं २०५१ मा एमालेको सरकारले ल्याएको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने कार्यक्रमबाट भएको गाउँ विकासबाहेक खासै परिवर्तन नभएको भन्दै उनले त्यतिबेला एमाले सरकारले गाउँको विकासको सुरुवात गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma