निवर्तमान संसदिय दलका नेता वीरेन्द्र कनोडिया एक अब्बल र परिचित राजनीतिज्ञ हुन । गत निर्वाचन पश्चात् लुम्बिनी प्रदेशको सरकार निर्माणमा मात्र होइन आफ्नो क्षेत्रको विकासमा पनि खटेका कनोडिया अहिले निर्वाचनमा होमिएका छन् । कपिलवस्तु क्षेत्र न ३(ख) बाट उम्मेदवार रहेको कनोडियाको अहिले चर्चा रहेको छ ।
विगतमा जनताको काममा निरन्तर खटिएका कनोडिया फेरि निर्वाचनमा जित्नेमा ढुक्क छन् । कनोडिको विकासको कामले गर्दा अहिले क्षेत्र वासिले कनोडियालाइ जिताउने निश्चित जस्तै छ । आफ्नो क्षेत्रमा डेढ वर्षको समयमा ९० करोडको योजना ल्याएर जनतामा लोकप्रिय बनेका छन् ।
लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार रहेको कनोडियाले चुनावी सभा वाट आफूले गरेका कामहरू हेर्न आफ्नो क्षेत्रमा जानुपर्ने बताएका छन् । यस क्षेत्रको सिचाई,शिक्षा, स्वास्थ्य लगायत धेरै क्षेत्रमा काम गरेकोले केही काम अझै वाकी रहेको कनोडियाले बताएका छन् ।
कुनै धर्म,जात र भेगको राजनीति नगरी कसरी नागरिकहरूलाई विकासको अनुभूति गराउन सकिन्छ भन्ने तर्फ आफू केन्द्रित रहेको बताएका छन । निर्वाचन नजिकिँदै जाँदा घरदैलो अभियानलाई तीव्रता दिँदै आगामी योजनाको बारेमा जनतासँग राय मागिरहेको जनाइएको छ ।
शिवराज नगरपालिका,कृष्णनगर नगरपालिका,बिजनयगर गाउँपालिका क्षेत्र पर्ने कनोडियाले आगामि ५ वर्षमा कुनै पनि फुसको छानो भएको घर नभेटिने बताए । केन्द्र,प्रदेश हुदै स्थानीय तह सँग समेत समन्वयन गरेर विकासका काम गर्ने प्रतिबद्धता कनोडियाले जनाएका छन् । आफ्नो प्रतिस्पर्धा कसै सँग नरहेको बताउँदै जनताको काम गर्ने व्यक्तिलाई जनताले निर्वाचित गराउने कनोडियाको भनाई छ । यस पटक निर्वाचित भएपश्चात् लुम्बिनी प्रदेशको मुख्यमन्त्री कनोडिया नै हुने जानकारहरूको भनाई छ ।


प्रतिक्रिया