लोकतान्त्रिक वाम गठवन्धनका उम्मेदवार अभिषेक प्रताप शाहले गठवन्धनका सवै उम्मेदावरले निर्वाचनमा विजयी हुने दावी गर्नुभएको छ । शाहले गठवन्धनका सवै उम्मेदावर विजयीको यात्रामा सवैभन्दा अगाडी भएको वताउनुभएको हो । लोकतान्त्रिक वाम गठवन्धनले शिवराज नगरपालिकाको चन्द्रौटामा आयोजना गरेको वृहत चुनावी शभालाई संवोधन गर्दै पुर्वत सरकारले जनताको हितमा काम गर्न नसकेको वताउनुभयो ।
स्थानीय तह देखि प्रदेश हुदैं केन्द्र सम्मको एमाले सरकारले आफनो ४२ महिने कार्याकालमा जनतालाई दुख दिने भन्दा अरु काम गर्न नसकेको आरोप लगाउनुभयो । क्षेत्र न ३ को भविष्यको लागी गठवन्धनका उम्मेदावरलाई मत दिन समेत आग्रह गर्नुभयो ।
यस्तै प्रदेश शभा सदस्य पदका उम्मेदावर एसहान अहमद खांले क्षेत्र न ३ एकको विकासको लागी कृषि र स्वास्थ्य क्षेत्रमा आमुल परिवर्त गर्न चाहेको वताउनुभएको छ । उहांले कपिलवस्तु फलफुल र फुल उत्पादनको लागी उपयुतm जिल्ला भएकाले यसैवाट क्षेत्रका जनतालाई आत्म निर्भर वनाउने योजना समेत सुनाउनुभयो । उहांले पुर्व प्रदेश सभा सदस्य अर्जुन कुमार केशिले जनताको जिवनस्तरमा परिवर्तन हुने खांलका कुनै पनि योजना ल्याउन नसकेको वताउनुभयो ।
केशि जी ठेक्कापटाको लागी सहयोग पुग्ने कार्यक्रम ल्याउनुभयो । यसवाट उहांको परिवारलाई सहयोग पुगेको छ , उम्मेदावर खांको भनाई रहेको छ । यस्तै सभालाई नेपाली कांग्रेस केन्द्रीय सदस्य रुपा विक , कांग्रेस जिल्ला उपसभापति हुमाकान्त खनाल , नेतृ उमा विक , कांग्रेस नेता जमसेर अली मिंया , अकिल मिंया वरम्मानन्द उपाध्याय लगाएतले संवोधन गरेका थिए । माओवादी नेता राजेन्द्र आर्चायको सभापतित्वमा भएको कार्यक्रमको संचालन युवा नेता राजु खरालले गर्नुभएको थियो ।


प्रतिक्रिया