हसिलो अनुहार, दुवै हात जोडेर नम्र स्वरमा मतदाता सँग मत माग्दै । एहसान अहमद खाँको दैनिकी यसरीनै वितिरहेको छ । साधारण तथा सरल शैलिका कारण खाँ लोकप्रिय मानिन्छन् ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका चयपुरमा पुख्र्यौली थलो हो । २०२० साल वैशाख ५ गते अब्दुल सजिद खाँ र लौलुन निशाको कान्छो छोराको रुपमा खाँ जन्म भयो । बालापन बाटै सामाजिक कृयाकलापमा सहभागि हुने खाँ महेन्द्र मावि कृष्णनगर वाट माध्यमिक तह सम्म अध्यायन गरे । लगनशिल र वैद्धिक क्षमता रहेकोले थप अध्यानको लागि काठमान्डौको अक्सल क्यापस वाट जिव विज्ञानमा बिएससी अध्यायन गरे ।
काठमान्डौमै रहँदा उनले ५ वर्ष जडिबुटि कम्पनी कोटेश्वर पोडक्ट अफिसर भएर काम गरे । काममा लगानिशलता र प्रतिभावन रहेकोले शाहले कपिलवस्तु फर्किएर २०४७ सालमा नेचुरल पोडक्ट स्थापना गरि सुगन्धीत तेलको उत्पादन गर्ने कम्पनी स्थापना गरे । सफल उद्यमी सगै सामाजिक कृयकलापमा सहभागि भएर खाँ पछिल्लो ५ वर्ष देखि पूर्ण रुपमा राजनितिमा होमिएका हुन ।‘ मेरो सानै देखि समाजसेवा र समाजको नेतृत्व गर्ने रहर हो ,त्यसैले म राजनितिमा होमिए, खाँले भने ।
कोरोनाको समयमा ६० टन भन्दा धेरै चामल वितरण गरेको खाँले बताए । ‘कोरोनाको समयमा नागरिकहरुलाई खानाको निकै समस्या थियो, उनले भने ‘मैले ४० भन्दा धेरै गाउँमा पुगेर नगद र खाद्यन्य दिएको हु, । बाम लोकतान्त्रीक गठबन्धन वाट क्षेत्र न ३(१)का उम्मेदवार खाँ निर्वाचन जितेमा हरेक दुख सुखमा साथ दिने बताउनछन् । गठबन्धन अन्र्गत नेकपा माओवादी वाट उम्मेदवार बनेका खाँ निर्वाचन जित्ने ढुक्क छन् । हाम्रो क्षेत्रमा राम्रो अस्पताल छैन,शिक्षण संस्था छैन ,कृषि र सिचाईमा किसानलाई धेरै समस्या छ ती समस्या समाधान गर्न आफु लागि पर्ने खाँको भनाई छ ।


प्रतिक्रिया