Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तुका मतदान स्थल (तस्बिर)

माधव बेल्वासे

कपिलवस्तु :
कपिलवस्तुमा निर्वाचनको तयारी पुरा भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्ला सबै मतदान स्थलहरूमा मतदानको तयारी पुरा भएको जनाएको छ । जिल्लामा २ सय ३५ मतदान स्थलमा ४ सय ७३ मतदान केन्द्र कायम गरिएको छ । सुरक्षा स्थितिलाई हेरेर २८ मतदान स्थललाई अति संवेदनशील, १०७ लाई संवेदनशील बाँकी सामान्यमा वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको छ।


निर्वाचनलाई सुरक्षित गर्नको लागि १५ सय बढि प्रहरी र २५ सय म्यादी प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक मीन घलेले बताउनुभयो । सुरक्षाको लागि मोबाइल बेस,रिजर्भ फोर्स लगायत अभियान रहेको घलेले बताउनुभयो । निर्वाचनको लागि सुरक्षा व्यवस्था मजबुत रहेकोले मतदाताहरू ढुक्क भएर मतदानमा सहभागी हुन सक्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma