Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

झापा–५ मा केपी शर्मा ओलीले बनाए फराकिलो मतअन्तर

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रतालाई फराकिलो तुल्याउनुभएको छ । ३२ हजार ९२५ मत गणना हुँदा ओलीले १६ हजार ३३६ मत पाउनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ९ हजार ६३७ मत पाउनुभएको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ३ हजार ८६ मत पाउनुभएको छ भने जनमत पार्टीका भीम राजवंशीले एक हजार १७२ मत पाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma