Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

पुन मत गणनाको माग गर्दै लोसपाका मिश्र सर्बोच्चमा

आसन्न निर्वाचनमा कपिलवस्तु क्षेत्र नं. ३(क) मा लोकतान्त्रित समाजवादि पार्टिबाट उम्मेवार भई ६ मतान्तरले पराजित भएका रविदत्त मिश्रा मत गणनामा धाधधी भएको भन्दै पुन मत गणना गरिपाउँ भन्दै सर्बोच्च अदालतमा पुगेका छन । निर्वाचन पश्चात मतगणनामा निर्वाचन अधिकृतको कार्यालय नै १६४ मत हराएको भनेर जानकारी दिए पछि उनले पुन मत गणना हुनु पर्ने माग गर्दै सर्बोच्च अदालत पुगेका छन ।
कपिलवस्तु ३ को प्रदेश सभा ‘१’ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट चुनाव लडेका मिश्रा नेकपा एमालेका उम्मेदवार अर्जुन केसीसंग ६ मतान्तरले पराजित भएका छन् । मतगणना गर्ने क्रममा यो निर्वाचन क्षेत्रमा विवाद भएको थियो ।जारी विवादका बीच मतगणना सकिए पनि गणनामा कहि कतै आफुलाई हराउने प्रपन्च सहित मत हराएको भन्दै उनी न्यायका लागि सर्बोच्च पुगेका हुन । उनले यो निर्वाचनको मतगणनामा धाधली भएको भन्दै मतपरिणामलाई अस्विकार गरेका छन् । मतगणनामा एमालेको प्रलोभनमा परेर आफूलाई मतगणनाका कर्मचारीले चुनाव हराएको उनको आरोप छ ।मिश्रा पुनः मतगणनाको माग राखेका छन् । पुनः मत गणना गर्न निर्वाचन अधिकृतको कार्यालयले नमाने पछि सर्वोच्च अदालतमा मुद्धा हाल्ने तयारी गरिरहेको उनले जानकारी दिएका छन् ।
‘निर्वाचनमा ४२ हजार १०२ मत खसेको थियो । तर मतपेटिकामा ४ सय ५७ मत गायव भयो । हामीले विरोध ग¥यौ । पछि निर्वाचन अधिकृतको कार्यालयले १ सय ६४ मत मात्र नभेटिएको बताए पछि हामी ‘कन्भिन्स’ भयौं । ती हराएका मत समानुपातिक तर्फको मत पेटिकामा हुन्छन् भनेर हामीलाई कार्यालयले भन्यो, हामीले स्विकार ग¥यौ । तर, समानुपातिक तर्फको मतपेटिकामा जम्मा ३३ मत भेटिए । अरु मत एकाएक कसरी गायव भयो ? यहाँ चलखेल भएको छ ।’ मिश्रा भने । पुनः मतगणना हुनुपर्छ भन्दा निर्वाचन अधिकृतको कार्यालयले नसुने झै गरे पछि मुद्धा हाल्न सर्वोच्च अदालत पुगेको छु,’ उनले भने । अदालतको फैसलाबाट पुनः मतगणना हुनेमा उनी आशावादी छन् ।
निर्वाचन अधिकृतको कार्यालयले एमाले उम्मेदवार केसीलाई विजयी भएको घोषणा गरेको छ । कार्यालयका अनुसार केसीले ११ हजार ७४३ मत पाएका छन् भने मिश्राले ११ हजार ७३७ मत पाएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma