कपिलवस्तु शिवराज नगरपालिकाका मेयर अजय थापा एक पछि अर्को एक्शनमा उत्रिएका छन । केहि समय अगाडी बजार क्षेत्रमा सडक पेटि मिचेका अतिक्रमण हटाएर सडक नाली बनाउन सफल भई चर्चामा आएका थापा फेरी पनि चर्चामा आएका छन ।
मेयर थापा आज चन्द्रौटा बजार क्षेत्रमा जथाभावी पार्किङ्गमा राखेका सवारीहरुलाई व्यवस्थापन गर्न ट्राफिक र नगरपालिकाको टिम सगै सडकमा उत्रिएका हुन । बजार क्षेत्रमा जथाभावी पार्किङले दुर्घटना बढाउने र बजार अव्यवस्थित बनेको भन्दै आज शिवराज नगरपालिकाका नगर प्रमुख थापा, वडा नं. ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासे , जिल्ला ट्राफिक प्रहरी कपिलवस्तुको टिमले बजारमा पार्किङ्ग अनुगमन गरेको हो । अनुगमन संगै टोलीले आज नै चन्द्रौटा बजारमा सवारी साधन पार्किङ गर्न बजार क्षेत्रमा निश्चित ४ ठाउँ मात्रै तोकेको छ ।
अस्त–व्यस्त पार्किङले बजार निकै कुरुप बन्दै गएको र दुर्घटनाका जोखिम पनि बढ्दै गएको भन्दै मोटरसाइकलका साथै तीनपांग्रे र चारपांग्रेको सवारी साधनको लागि निश्चित ठाउँ मात्रै पार्किङ क्षेत्र तोकिएको नगरपालिकाका नगर प्रमुख थापाले बताउनु भयो । उहाँले भन्नु भयो आज देखि पार्किङको लागि सिमित ठाउँ तोकिएको छ जथाभावि पार्किङ्ग गरे कारवाहि हुने उहाँले बताउनु भयो ।
बजार क्षेत्रमा अनाधिकृत ठाउँमा पार्किङ गर्दै आएकोमा अब मोटरसाइकलका साथै तीनपांग्रे र चारपांग्रेको सवारी साधनको लागि छुट्टा छुट्टै पार्किङ्ग स्थल तोकेको उहाले बताउनु भयो । संगै अब देखि एक पटकमा तोकिएको ठाउँमा बस दुई बटा मात्रै पार्किङ्ग गर्न पाईने , अटोरिक्सा ४ वटा मात्रै पार्किङ्ग पाइने छ । बजारको सुन्दरता बढाउन पार्किङ लाई ब्यविस्थत गर्न सवारी पार्किङ्गका लागि मार्किङ सुरु गरेको थापाले बताउनु भयो । नगरले तोके भन्दा अन्यत्र अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई कारवाही गरिने थापाले बताउनु भयो । मेयर थापाले ट्राफिक प्रहरीलाई कडा रुपमा निगरानी गर्न समेत आग्रह गर्नु भयो ।
मेयर थापा व्यवस्थित पार्किङ्गका लागि सडकमा नै उत्रिए पछि स्थानियले पनि थापाको साथ दिएका छन । अस्तव्यस्त पार्किङ्ग बजारमा पैदल यात्रुलाई जोखिम बनेको थियो । थापाले वजार व्यवस्थापन गर्न सडक पेटीमा राखिएका व्यवसायहरुलाई पनि हटाउन सुचना प्रकाशित गरिसकेको बताउनु भयो । सडक मिचेर व्यवसाय गर्ने जोकोहि भए पनि सुचनाको अवधी सम्म अर्को व्यवस्थापन नगरे नगरले आफै त्यस्ता पसल उठाउने थापाले बताउनु भयो ।


प्रतिक्रिया