Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन

कपिलवस्तु –
लैङ्गिक हिंसा विरुद्ध १६दिने अभियान आज समापन “सामुहिक ऐक्यबद्धता, लैंगिक हिंसा विरुद्ध शुन्य सहनशीलता”अन्तर्राष्ट्रिय नाराः राष्ट्रिय नारा ः “सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्ध १६दिने अभियान आज समापन भएको छ शिवराज नगरपालिकाको आयोजनामा नगर भित्रका विभिन्न संघ संस्थाहरुको समन्वमा आज लैङ्गिक हिंसा विरुद्ध १६दिने अभियान समापन भएको हो । शिवराजका बिभिन्न वडामा विभिन्न कार्यक्रम गर्दै आज शिवराज ५ चन्द्रौटामा ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अबसर पारेर उक्त कार्यक्रम भएको थियो ।कार्यक्रमा सहभागिता जनाउदै लुम्विनि प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले कुनैन कुनै माध्यमबाट लैङ्गिक हिंसा भइरहेको बताउदै यसलाई न्यूनिकरण गर्ने सबैको भुमिका जरुरी रहेको बताउनु भयो । यस्तै शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारु हिंसा भइरहेको छ भन्ने कुरा थाहा हुदापनि खुलेर बाहिर नआउने अबस्था अझै पनि हुदा यसलाई सचेत गराउनु आवश्यकता रहेको बताउनु भयो ।

पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले सबैले पहल गर्नु पर्ने वडा न १का अध्यक्ष खिम बिक्रम केसी, वडा न १० अध्यक्ष मन्जु मिश्र,दलित मानव अधिकार निगरानि समिति मिना परियार,र मानव अधिकार प्रतिष्ठानका जिल्ला समापति विष्नु प्रसाद खतिवडा जोड दिनु पर्ने बताएका थिए ।

हिँसा कस्ता प्रकार हुन्छन् कानुनि प्रकृया के कस्तो छ हिँसामा परेका महिलालाई नजिकैको प्रहरी, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अधिवक्त इन्दिरा आचार्यले पहल गर्ने सकिने बताउनु भयो । शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुको अध्यक्षता रहेको कार्यक्रममा शिवराज नगर भित्रका विभिन्न संघको उपस्थित रहेको थियो भने सन्चालन प्रेम वलिले गर्नुभएको थियो ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma