Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

अध्यादेश प्रमाणिकरणको माग गर्दै कपिलवस्तुमा प्रदर्शन

माधव बेल्वासे
चन्द्रौटा,५पुस
सरकारले राष्ट्रपति समक्ष पेश गरेको अध्यादेश प्रमाणिकरणको माग गर्दै कपिलवस्तुका थारु समुदाय सडकमा उत्रिएका छन् । थारु कल्याणकारी सभा,थारुहट संघर्ष समिति कपिलवस्तुको आयोजनामा मंगलवार चन्द्रौटा बजारमा र्याली सहित कोणसभा गरेको छ । टिकापुर राजबन्दीको मुद्धा तुरुन्त फिर्ता गर्,क्षमा होईन न्याय चाहिन्छ,लाल आयोग प्रतिवेदन सार्वजनिक गर्,मानवताको अधिकार हाम्रो पनि बरावर लगायतको प्लेकार्ड प्रदर्शन समेत गरेका थिए ।


कोणसभालाई सम्बोधन गर्दै थारु कल्याणकारी सभाका केन्द्रिय सदस्य सुमित्रा थारुले सरकारले पठाएको अध्यादेशलाई राष्ट्रपतिले तुरुन्तै प्रमाणिकरणक गर्नुपर्ने बताउनुभयो । देश र जनताको लागि काम गर्दा राज्यसत्ताले दम्भको आधारमा केहि व्यक्तिलाई फसाएको भन्दै अध्यादेश मार्फत उनीहरुलाई रिहा गर्नुपर्ने बताउनुभयो ।


थारु कल्याणकारी सभाका अध्यक्ष उमा संकर थारुले अध्यादेश प्रमाणिकरण नगरे थप आन्दोलन गरिने बताउनुभयो । टिकापुरमा विभिन्न तत्वको घुसपेठले घटना भएको बताउँदै त्यस्ता खालका घटना दोहोरिन नहुने बताउनुभयो ।

यता नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले पनि अध्यादेश प्रमाणिकरणको माग गर्दै एक घण्टा चक्का जाम गरेको छ । मंगलवार बिहान १० बजे देखि ११ बजे सम्म पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेको हो । सडकमा उत्रिएका नेकपाका कार्यक्रता र नेपाल प्रहरी विच धरपकड समेत भएको थियो । सरकार सँग भएको तीन बुदे सम्झौता कार्यन्वयन गर्नुपर्ने माग सहित राष्ट्रपति समक्ष पेश भएको अध्यादेश प्रमाणिकरण गर्नुपर्ने नेतृ सुस्मा सिंहले बताउनुभयो ।

सरकारले मुलुकी फौजादरी कार्यविधिसंहिता २०७४ को दफा ११६ लाई संशोधन गर्न अध्यादेश ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma