लघुवित्त संस्थाहरूले ज्यादती गरेको भन्दै कपिलवस्तुको चन्द्रौटामा विरोध सभा भएको छ । ब्याजदर बढि लिने,मानसिक यातना दिँदा ऋणीहरूलाई समस्या परेको भन्दै लघुवित्त विरुद्ध सर्घष समिति गठन गरेर देशैभर विरोध भइरहेको छ ।
चन्द्रौटा चोकमा भएको कोणसभालाई सम्बोधन गर्दै लघुवित्त विरुद्ध सर्घष समितिको केन्द्रीय सदस्य गगन विकले लघुवित्तले अनुत्पादित क्षेत्रमा लगानी गर्ने जनतालाई मानिसक तनाव दिएर आत्महत्या बढाउने काम गरेको बताउनुभयो । बैकहरू वाट कम व्यादरमा रकम लिएर जनतालाई रकम लैजान उत्साहित गराउने र रकम माग गर्दा मानसिक यातना दिने गरेको विकको भनाई छ । देशका केही धनी व्यक्तिहरूको लगानीमा चलेका लघुवित्तले नागरिकहरूलाई सहज रूपमा कर्जा दिनुको सट्टा दुख दिएर रकम असुल्ने काममा लागेको बताउनुभयो ।
कोणसभाका बोल्दै बुद्धभुमि नगरपालिका ५ बस्ने निशा गद्धिले साधना लघुवित्तको समूहमा बसेको आधारमै २६ लाख ऋण लिएको भन्दै लघुवित्तले पटक पटक रकम माग गरेपछि उहाँ अहिले अदालती पक्रियामा पुगेको बताउनुभयो । नलिएको रकम पनि लिएको भन्दै लघुवित्तले महिलाहरूलाई मृत्युको मुखमै लैजाने गरेको गद्धिको भनाई छ ।
वुुद्धभुमिकै बेली विकले लघुवित्त वाट लिएको १ लाख ऋण तिर्न नसकेर निकै समस्या भएको बताउनुभयो । दैनिक घरमै आएर पैसा माग्न थालेपछि पैसा तिर्नको लागि बुहारीलाई गत असोजमा विदेश पठाएको गुनासो गर्नुभयो । स साना दुई छोराछोरी सास ससुराको काखमा छोडेर विदेश गएकी बुहारी निकै कष्टका साथ काम गरिरहेको विक भनाई छ ।
पीडितहरूले सरकारले आफूहरूका मागहरू सम्बोधन नगरेको भन्दै पटक पटक आन्दोलनहरू पनि गरिरहेका छन । लघुवित्त विरुद्ध सर्घष समिति सँग सरकारले पटक पटक छलफल गरे पनि कुनै निचोड भने निस्कन सकेको छैन ।


प्रतिक्रिया