Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

पर्यटन मन्त्री समक्ष ब्यावसायीका १२ बुदे माग : पर्यटन प्रहरी स्थापना गर्नु पर्यो

वाँके –

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री जानकीप्रसाद यादवसँग बाँकेका पर्यटन व्यवसायीले भेटेर १२ बुँदे माग राखेका छन्  । पर्यटन व्यवसायीका तर्फबाट बुझाइएको मागपत्रमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम कलेज) नेपालगञ्जमा स्थापना भए पनि बजेट अभावको कारण देखाउँदै कर्मचारीलाई फिर्ता बोलाइएकोमा दुःख व्यक्त गरिएको छ ।

त्यसैगरी नेपालगञ्जलगायत पर्यटकीय गन्तव्य भएका जिल्लाहरूमा पर्यटन प्रहरी गठन गरी परिचालन गर्नुपर्ने, ट्राभल एजेन्टको अनुमति नलिई हवाई टिकट जारी गर्ने अनलाइन तथा वित्तीय संस्थाहरूको अवैध कारोबार तत्काल रोक्नुपर्ने माग रहेका छन् । बन्द अवस्थामा रहेको जमुनाह नाकामा पर्यटन सूचना केन्द्र सञ्चालन तथा आवश्यक दरबन्दी कायम गर्नुपर्ने र नेपालगञ्ज–दिल्ली हवाई उडानका लागि पहल गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma